कल‌ंकी–महाराजगञ्ज सडक विस्तारका लागि तयारी सुरु

काठमाडौं– चक्रपथको दोस्रो चरणको विस्तारका लागि कल‌ंकी–महाराजगञ्ज सडकमा तयारीका काम सुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन् ।

चीन सरकारको सहयोगमा सो सडक विस्तार हुन लागेको हो । सडक पहिले खाली गराएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर निर्माणको काम सुरु हुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाले जनाएकाे छ । कोटेश्वर–कल‌ंकी सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले यस सडकको निर्माण सुरु पहिले नै सबै अवरोध हटाउन लागिएको हो । 

सडकको अधिकार क्षेत्रमा रहेका रुख काट्ने काम भइरहेको छ । विद्युत् प्राधिकरणले झण्डै ४०० पोल त्यहाँबाट सारिरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मार्फत खानेपानीका पाइप सार्ने काम भइरहेको छ । 

सडकको अधिकार क्षेत्रमा रहेका घर हटाउन बाँकी छन् । सडक निर्माण गर्ने स्थानमा विभिन्न स्थानमा गरी २२ घर छन् । सो घरको अधिग्रहणका लागि मूल्यांकनको काम भइरहेको छ । सडकको अधिकार क्षेत्रमा घरसँगै अस्थायी टहरालगायतका संरचना हटाउनु पहिलो चरणको विस्तारमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ ।

स्वयम्भू, ठूलो भर्याङ, महाराजगञ्ज चोकलगायत स्थानमा सडक छेउमा संरचना हटाउनुपर्ने देखिएको छ । कोटेश्वर–कलंकी सडक निर्माण गरेसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलंकी–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । 





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १६:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया