नखानुस् काँचाे मासु, मस्तिष्कमा टेपवर्म पुग्छन्

एजेन्सी— आठ वर्षीया बालिकाले आफ्ना बा–आमालाई दैनिक टाउको दुखेको गुनासो गरिरहिन् । यो सिलसिला करिब ६ महिनासम्म चलिरह्यो । तर, बा–आमालाई आखिर किन यसरी छोरीको टाउको दुख्यो भनेर पत्ता लगाउन गाह्रो भयो । खासमा बालिकाको दिमागमा सयभन्दा बढी टेपवर्मका किरा थिए । जो दिमाखमा ससाना रगत जमेका टुक्रा जस्ता थिए ।

याे भारतकाे घटना हाे । ती बालिकाकाे फोर्टिस अस्पतालमा न्युरोलोजी डिपार्टमेण्टका डाइरेक्टर डा. प्रवीण गुप्ताको हेरचाहमा उपचार गरे । 

‘हामीसँग आउनुपूर्व उनले उपचार सुरु गरेकी थिइन् । उनलाई कडा टाउको दुख्ने बिमार थियो । साथै दिमाग सुन्निएको पनि उपचार चलिरहेको थियो’ गुप्ता भन्छन् । बालिकाको दिमाग सुन्निएको कम गर्नका लागि उनलाई स्टेरोइड्स दिन थालियो । जसको असर ८ बर्षिया बालिकाको तौल ४० बाट बढेर ६० किलो पुग्यो । तौलसँगै अब समस्या पनि बढ्यो । हिँडडुल गर्न र श्वास लिन असहज हुन थाल्यो । उनी पूर्णतया स्टेरोइड्समा निर्भर थिइन्,' डा‌ गुप्ता भन्छन्, ‘बालिकालाई अस्पताल ल्याइपुर्याउँदा उनको होस थिएन । सिटी स्क्यान गर्दा दिमागमा सेता दाग जस्ता देखिए । तर, यी दाग नभएर टेपवर्म र टेपवर्मका अन्डा थिए । एक वा दुई होइन, सयभन्दा बढी ।’

बालिका गुप्तालाई जँचाउन पुग्दा उनको प्रेशर अधिक थियो । प्रेशर दिमागमा यसरी परेको थियो कि, दिमागले काम गर्नै बन्द गरिदिएको थियो । अण्डालाई नष्ट गर्ने औषधि चलाएको डा. गुप्ता बताउँछन् ।

दिमागसम्म कसरी प्रवेश पाए त अण्डाले ?

‘कुनैपनि चीज काँचै रह्यो र त्यसलाई खाइयो भने वा सफाई नराख्नाले टेपवर्म पेटमा पुग्छन् । त्यसपछि रगतको सञ्चारसँगै शरीरका विभिन्न भागमा फैलन्छन्’ गुप्ता बताउँछन् । डा. गुप्ताका अनुसार भारतमा मिर्गी एक ठूलो समस्या हो । त्यसको प्रमुख कारण भने टेपवर्म नै हो । त्यसो त भारतमा टेपवर्म संक्रमण सामान्य हो । करिब १२ लाख मान्छेहरु न्युरोसिस्टिसेरसोसिसबाट पीडित छन् ।



त्यसोभए के हो त टेपवर्म ?

टेपवर्म एक प्रकारको प्यारासाइट (परजीवी) हो । यो आफ्नो पोषणको लागि अरुमा निर्भर हुने जीव हो । यसै कारण यो शरीरभित्र पाइन्छ । ताकि, उसले खाना भेटोस् । प्यारासाइटका झण्डै ५ हजार प्रजाती पाइन्छन् । जुन, एक मिमीदेखि लिएर १५ मिटरसम्म लामा हुन सक्छन् । यस्तै कतिपय अवस्थामा यसको एकमात्र आश्रय पनि हुन सक्छ । यस परजीवीको शरीर भने खण्ड–खण्डमा बाँडिएको हुन्छ । यसको शरीर अंकुसेको आकारमा हुन्छ । जसबाट यो आफ्नो आश्रयदाताको अंगसँग टाँसिन्छ । शरीरमा रहेको क्युटिकिलको सहयोगद्वारा यसले आफ्नो खाना खान्छ । तर, खाना चाहिँ पचेको नै खान्छ । किनकि, यससँग पाचनतन्त्र हुँदैन ।



कसरी फैलिन्छ त ?

टेपवर्मको चौडा र रिबनको जस्तो संरचना हुन्छ । यदि टेपवर्मको अण्डा शरीरमा प्रवेश गर्छ भने यसले भित्रभित्रै आँतमा आफ्नो घर बनाउ भ्याउँछ । यद्यपि, सँधैभर आँतमै रहन्छ भन्ने पनि हुँदैन । रगतसँगै शरीरको अर्को भागमा पनि यो पुग्न सक्छ ।

किड्नीमा पुगेर सिस्ट बनाउँछन् यिनले । जसले गर्दा फोका उठ्छन् । यी आँखा र दिमागमा आउँछन् । एसियाको तुलनामा युरोपीयन देशमा यसको खतरा कम रहेको एनएचएस बताउँछ । तर, शरीरमा टेपवर्म छन् भन्दैमा लक्षण देखिन्छ भन्ने चाहिँ छैन । जब शरीरको संवेदनशील अंगमा यी पुग्छन्, खतरा निम्तिन सक्छ । यसको उपचार पनि एकदम सरल छ । तर, यसलाई नजरअन्दाज गर्न भने हुँदैन ।

टेपवर्म हुने कारण

आधा पाकेको (काँचो) पोर्क, बिफ वा माछा खाँदा टेपवर्म हुनसक्छ । किनकि, यी जीवमा टेपवर्मका लार्भा पाइन्छन् । दूषित पानीले पनि यो हुनसक्छ । यस्तै बन्दा, पालकलाई यदि राम्ररी पकाएर नखाने हो भनेपनि टेपवर्म शरीरमा पुग्न सक्छ । यसैकारण फोहोर पानी वा माटोमा उब्जाउ हुने सागसब्जी खाँदा धोएर र राम्रोसँग पकाएर खाने सल्लाह दिइन्छ ।

टेपवर्म संक्रमणको लक्षण

सामान्यतया यसको कुनै सटिक लक्षण देखिँदैन । तर, टेपवर्म शरीरमा छ भने शाैच गर्दा थाहा हुन्छ । यसबाहेक पेट दुखाइ, पखाला, कमजोरी, उल्टी, अनियमित भोक आदि यसका प्रमुख कारण हुन् । यस्तै, शरीरमा टेपवर्म वा अण्डाको संख्या धेरै छ भने चक्कर आउने, छाला पहेँलो हुने, खोकी, दृष्टिमा समस्या पनि हुनसक्छ ।

कसरी बच्ने ?

यदि टेपवर्म एकपटक शरीरमा प्रवेश गर्यो भने औषधिको सहयोगले ठीक हुनसक्छ । तर, केही सावधानी अपनाउने हो भने यसको संक्रमणबाट बच्न सकिन्छ ।
–मासु खाँदा काँचै नखाने ।
–फल वा सागसब्जी खानुपहिले राम्ररी धुने ।
–खाना खानुपूर्व धान धुने । शौचपछि हात र नङ राम्ररी धुने ।
–सँधै सफा पानी पिउने ।

  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार १:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया