‘नागरिकता संसोधन विधेयकले भारतलाई इजरायल बनाउँछ’

काठमाडौं– एआइएमआइएमका नेता तथा लोकसभा सांसद असदुद्दीन आवैसीले भारतमा पारित भएको नागरिकता संशोधन विधेयकबारे कडा टिप्पणी गरेका छन् । उनले यसका कारण भारत इजरायल हुने र भारतमा चर्को भेदभाव हुने प्रतिक्रिया दिएका छन् । 

भारतको समाचार एजेन्सी एएनआईलाई उनले भनेका छन्, ‘नागरिकता संशोधन विधेयकले भारतलाई इजरायलजस्ता देशमा ल्याइदिन्छ जुन विश्वमा नै सबैभन्दा धेरै भेदभाव भएको देश हो ।’

ओवैसीले यो कानुनले भारतको संविधानको अनुच्छेद १४ र २१ को पनि उल्लंघन गर्ने दाबी गरेका छन् । नयाँ कानुनले धर्मको आधारमा नागरिकता दिँदा समस्यामा परिने उनले बताएका छन् । 

यो विधेयक बुधबार भारतको केन्द्रीय मन्त्रिमण्डलले हरियो झन्डा देखाएको छ । यसलाई आगामि साता संसदमा पेश गरिने बताइएको छ ।

यो विधेयकमा छिमेकी देशबाट शरणका लागि भारत पुगेका हिन्दु, जैन, बौद्ध, सिख, पारसी तथा इसाई समुदायका मानिसहरुलाई भारतीय नागरिकता दिने प्रावधान छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार ७:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया