भारतीय अर्थमन्त्रीले भनिन्– म प्याज खान्नँ

एजेन्सी– भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले भारतले सरकारले बढ्दो प्याजको मूल्य नियन्त्रण गर्नका लागि कयौँ उपाय अपनाउन थालेको बताएकी छिन् । 

भारतको लोकसभामा प्याज संकटबारे विस्तृत जवाफ दिँदै वित्तमन्त्री सीतारमणले प्याज निर्यातमा भारतमा रोक लगाइसकिएको र विभिन्न देशबाट एक लाख मेट्रिक टन प्याज खरिद गर्ने काम भइरहेको बताएकी हुन् । उनले विभिन्न राज्यका भण्डारणमा भएको प्याज विभिन्न क्षेत्रमा पुर्याउन पनि भारत सरकार लागिरहेको बताएकी छिन् । 

उनले यो वर्ष प्याजको उत्पादन भइरहेको क्षेत्रमा उत्पादन कम भएकाले प्याजको सर्टेज भारतमा भइरहेको पनि जनाएकी छिन् । 

त्यति मात्र होइन, यही चर्चा चलिरहँदा सीतारमणले आफूले प्याज नखाने पनि बताएकी छिन् । 

‘म लसुन प्याज खाँदिनँ,’ उनले भनिन्, ‘चिन्ता नलिनुस् । म यस्तो परिवारबाट आएकी हुँ जहाँ प्याजसँग कुनै मतलब हुँदैन ।’





  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार ८:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया