दोस्रो विश्वयुद्ध लडेका गुरुङको निधन

लमजुङ– दोस्रो विश्वयुद्धमा सहभागी भएका मस्र्याङ्दी गाउँपालिका–७ तांलीचोकका १०३ वर्षीय बखानसिंह गुरुङको निधन भएको छ । ९ कात्तिक १९७३ मा जन्मिएका बखानसिंहले बेलायती सेनाका १ र ६ जिआर पल्टनमा रहेर काम गरेका थिए । 

उनले मलेसिया, बर्मा (म्यानमार), भारत, पाकिस्तान, सिंगापुरलगायत देशमा बेलायतका तर्फबाट लडेका थिए । बर्मामा उनले ‘बर्मा स्टार वार मेडल’ पनि प्राप्त गरेका थिए । बेलायत सरकारले विश्वयुद्ध लडेबापत उनलाई विभिन्न सम्मान दिएको थियो । 

विश्वयुद्ध हुनुअगावै बखानसिंह बेलायती सेनाको गोर्खाली समूहमा अनुबन्धित थिए । बेलायती गोर्खा सैनिकमा उनले १५ वर्ष विताएका थिए । त्यसपछि बेलायतमै बसेर बेलायती सरकारको सेवा गरे । बेलायत सरकारले उनलाई गाँस, बास र कपासको व्यवस्था ग‍रे पनि उनी बेलायत बसेनन् ।





  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार ८:८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया