बागलुङ– नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा संघ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार बुधबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकका प्रहरीले गल्कोटबाट सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको बताए ।
प्रहरी उपरीक्षक नवराज भट्टले भने, 'पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।' सोनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।