अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको तयारी

न्युयाेर्क– अमेरिकी तल्लो सदनकी सभामुख तथा विपक्षी नेतृ न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाइने बताएकी छन् । ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै पेलोसीले महाभियोग लगाउने बताएकी हुन् ।

पत्रकार सम्मेलन गरेर पेलोसीले भनिन्, ‘ट्रम्पले अमेरिकाको प्रजातन्त्रलाई नै दाउमा राखेका छन्, उनले महाभियोग नलगाई छाड्ने विकल्प हामीलाई दिएका छैनन् ।’

महाभियोगका औपचारिक अभियोगका धारा मस्यौदा गरेर अघि बढ्न उनले सदनका समिति अध्यक्षहरूलाई आग्रह गरेकी छिन् ।

घृणाका कारण राष्ट्रपतिलाई महाभियोग लगाउन नखोजेको पनि प्रस्ट पार्दै पेलोसीले ट्रम्पले प्रजातन्त्रलाई नै दाउमा पारेकाले महाभियोगको विकल्प नरहेको बताएकी छिन् । 





  • प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार १०:५२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया