ऋतिक रोशन एसियाकै सबैभन्दा ‘कामुक पुरुष’

एजेन्सी– बेलायती एक संस्थाले गरेको सर्वेक्षणअनुसार बलिउड अभिनेता ऋतिक रोशन एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न सफल भएका छन् । संस्थाले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीको पहिलो नम्बरमा राखेको छ ।

ब्रिटिस न्यूजविक्ली इस्टर्न आई नामक संस्थाले दर्शकको भोटका आधारमा उनलाई ‘कामुक पुरुष’ घोषणा गरेको हो । इस्टर्न आई इन्टरटेनमेन्टका सम्पादक असजाद नजिरले ऋतिकको सफलताको पछाडि उनको करिअर भएको प्रतिक्रिया दिएका छन् ।  

उमेरले ४५ वसन्त पार गरिसकेका ऋतिक नृत्य, अभिनयमा अब्बल भएकै कारण दर्शकको रोजाइमा पर्ने गरेका छन् । ‘कहो ना प्यार है’ फिल्मबाट उनी बलिउडमा चर्चित बनेका हुन् ।

कामुक पुरुषको उपाधि पाएपछि ऋतिकले आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिएका छन् । यस्ता सर्वेमा एकजनाको मात्रै निर्णय नहुने भएकाले यसले मानिसहरुले आफूलाई कस्तो रुपमा हेर्छन् भन्ने कुराको उजागर हुने ृनले बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार ११:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया