Sun, 26 Jan, 2020


भ्रष्टाचारआरोपी दोलखाका सिडिओ गृह मन्त्रालय तानिए
फरकधार / मंसिर २०, २०७६

काठमाडौं– भ्रष्टाचारको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई सरकारले गृह मन्त्रालयमा तानेको छ । 



उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरका अभियुक्तसँग रकम असुली गरेको आरोप छ । रिजाललाई छानबिनका लागि गृहमन्त्रालयमा तानिएको गृह मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले बताए । 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरिसकेका रिजालमाथि रकम लिएर अभियुक्तमाथि मुद्दा नचलाउने निर्णय गरेको आरोप छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्