नेपालको उत्कृष्ट प्रदर्शन, माल्दिभ्स २–१ ले पराजित

काठमाडौं— समूह चरणको महत्वपूर्ण मानिएको खेलमा माल्दिभ्सलाई हराउँदै नेपाल जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)को फुटबलमा थप अंक बटुलेको छ । योसँगै नेपाल समूहको शीर्ष स्थानमा छ । 

शनिबार भएको खेलमा पहिले माल्दिभ्सले खेललाई अगुवाइ गरेको थियो । तर, माल्दिभ्सको १–० को अग्रता लामो समय रहन सकेन । १८ मिनेटमा माल्दिभ्सका इब्राहिक हुसेनले गोल गरेका थिए । 

माल्दिभ्सको यो पहिलो गोललाई नेपाललका अभिषेक रिजालले बराबरी गोल फर्काए । यो गोल नेपालका लागि ४३ औं मिनेटमा भएको थियो । 

त्यसपछि दोस्रो हाफको सुरुवातमै अनन्त तामाङले पनि गोल गरे । योसँगै नेपालले खेल २–१ को अन्तरमा जित्यो । 





  • प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार १५:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया