आज नेपाल र बंगलादेशबीच फुटबल, बराबरी खेले पनि नेपाल फाइनल पुग्ने

काठमाडौं– काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज पुरुष फुटबलमा नेपाल र बंगलादेश भिड्दै छन् । लिग चरणको यो अन्तिम खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । 

दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने यो खेलमा दुवै टिम फाइनलमा पुग्नका लागि संघर्षरत हुनेछन् । लिग चरणको यो अन्तिम खेलमा नेपालले बराबरी खेले पनि फाइनलमा पुग्ने छ भने बंगलादेशले नेपाललाई जित्नै पर्ने हुन्छ ।

आजको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमा अंकतालिकामा शीर्ष स्थानमा पुग्नेछ । अहिले भुटान चार खेलबाट ९ अंक बटुल्दै शीर्ष स्थानमा छ । नेपालले चाहिँ ३ खेलबाट ७ अंक बटुलेको छ । आजको खेलमा बंगलादेशलाई पराजित गरे नेपाल शीर्ष स्थानमा पुग्नेछ । बंगलादेश चाहिँ अहिले ३ खेलबाट ४ अंकका साथ छ । उसले नेपाललाई जितेमा हेड टु हेड प्रणालीमार्फत् ऊ फाइनलमा पुग्नेछ । 

सागमा भारतले फुटबलमा सहभागीता जनाएको छैन ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार ९:३६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया