दिल्लीको रानी झान्डीको मन्डीमा आगलागी, कम्तिमा ३२ को मृत्यु

एजेन्सी– दिल्लीको रानी झान्डी रोडस्थित एक खाद्य मन्डीमा आगलागी भएको छ । आगलागीका कारण कयौँ मानिसको मृत्यु भएको समाचार भारतीय मिडियाले लेखेका छन् । 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली प्रहरीले घटनामा अहिलेसम्म ३२ जनाको मृत्यु भएको जनाएको छ ।

त्यहाँ घाइते भएका दर्जनौँलाई नायक अस्पतालमा भर्ना गरिएको छ । आगलागीमा पछिल्लो समय पनि केही मानिसहरु फसिरहेको हुनसक्ने अनुमान गरिएको छ । 

लोकनायक अस्पतालका चिकित्सक किशोर कुमारले घाइतेको उपचार भइरहेको जानकारी दिएका छन् ।  

दिल्ली दमकल विभागले त्यहाँको आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । विभागका कर्मचारीले कम्तिमा पनि ५० जनालाई आफूहरुले बचाएको बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार ९:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया