काठमाडौं– रौतहटको सरुअठा स्वास्थ्य चौकी प्रमुख सुधिरकुमार सिंहलाई रौतहट प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । उनलाई स्वास्थ्य चौकीकै एक स्टाफले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन् ।
स्वास्थ्य चौकीमा कार्यरत ती महिलाले सिंहले आफूलाई गौर बजार घुम्न जाऔँ भन्दै लगेको र फर्किएर आएपछि स्वास्थ्य चौकीमा नै बलात्कार गरेको आरोप लगाएकी छिन् ।
महिलाले उजुरी दिएपछि सिंह पक्राउ परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।