काठमाडौं– काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई हराएको छ । योसँगै नेपाल अब फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल मंगलबार हुँदै छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
खेल सुरु भएको ११ औं मिनेटमा नै नेपालका लागि सुनिल बलले गरेको गोल नै नेपालको जितका लागि पर्याप्त भयो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले यो गोल गरेका थिए ।
नेपालले पहिलो हाफमा अन्य धेरै अवसरहरु पाएको थियो । तर, ती अवसर गोलमा परिणत हुन सकेनन् ।
नेपाल साग फुटबलमा फाइनलमा लगातार दोस्रो पटक पुगेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।