गढीमाई पशुवलीविरुद्ध मुद्दा हाल्ने तयारी

काठमाडाैं– पशु कल्याण संघ नेपालले गढीमाई पञ्च वर्षीय मेला मूल समितिविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । मेला व्यवस्थापन गर्न बनेको मूल समितिले नै पशुवलीलाई प्रोत्साहन गरेको भन्दै संघले मुद्दा हाल्ने जनाएको हाे । 

सर्वोच्च अदालतले बली प्रथालाई निरुत्साहित गर्ने भने पनि प्रशासन र स्थानीय सरकारले पालना नगरेको संघको अरोप छ । संघकी अध्यक्ष स्नेहा श्रेष्ठले ‘भनिन सर्वोच्चले पशुवली प्रथालाई निरुत्साहित गर्ने फैसला गरेको छ । तर मेला व्यवस्थापन समित, स्थानीय सरकार र प्रशासन कसैले फैसाल कार्यान्वन गरेका छैनन् । त्यसैले हामी समितिविरुद्ध मुद्दा दर्ता तयारीमा छौँ ।’

मेला व्यवस्थापन समितिले परिपक्क बोका र राँगा स्थानीय इच्छुक गर्ने व्यक्तिलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । संघकी अध्यक्ष श्रेष्ठले भनिन, ‘बध गर्न पशुको उमेर १२ वर्ष र ४ सय किलो हुनुपर्छ । तर हामीले जन्मेकाे केही महिना पुगेका पशुलाई बली दिएकाे देख्याैँ ।’

गढीमाई मेलामा विशेषगरी नेपाल र भारतका हिन्दु धर्मालम्बीहरूले छोरा पाउने भाकल गरी बली दिने गरेका छन् । भारतमा बली बर्जित भएपछि भारतीय नागरिकले नेपालमै आएर पशु किनेर बली दिने गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार २१:२७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया