तलब नपाएपछि शिक्षकहरु आन्दाेलनमा

राैतहट– लामो समयदेखि तलब नपाएको भन्दै रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षकले रिले अनसन थालेका छन् । यस वर्षमा आफूहरुले तलब नपाएको भन्दै नगरपालिकाविरुद्ध अनसन बसेको हुन् ।

शिक्षक रञ्जन खरेलका अनुसार उनीहरूले यस वर्षमा अहिलेसम्म तलब पाएका छैनन् । पटक–पटक तलबको माग गर्दै आएका उनीहरूले नगरपालिकाविरूद्ध आइतबारदेखि अनसन थालेका हुन् ।नगरपालिकाका शिक्षकहरु विद्यालय बन्द गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । 

नगरसभा हुन नसकेकाले अहिलेसम्म शिक्षकलाई तलब खुवाउन नसकेको नगर प्रमुख गोपाल राय यादवले बताए । मंसिर महिनाभित्र नगरसभा गरी तलब निकासा गर्ने उनले प्रतिबद्धता जनाएका छन् । 





  • प्रकाशित मिति : मंसिर २२, २०७६ आइतबार २१:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया