एजेन्सी— दबंग सिरिजको तेस्रो फिल्म रिलिज हुनभन्दा पहिले नै करोड कमाउने फिल्म बनेको छ । किनकि यो फिल्मले १५५ करोड भारतीय रुपैयाँ रिलिज पहिले नै कमाएको छ । फिल्मलाई अमेजन प्राइमले अनलाइनका लागि किनेको हो । यही कारण यो फिल्मले रिलिज पहिले नै करोडौं कमाएको हो ।
प्रभुदेवाले निर्देशन गरेको यो फिल्म २० डिसेम्बरमा रिलिज हुने तयारीमा छ । फिल्ममा सोनाक्षी सिन्हा, किच्चा सुदीप, मांजरेकरलगायतले अभिनय गरेका छन् । यो फिल्ममा सलमानको भूमिकाबारे प्रभुदेवाले अत्यन्त धेरै तारिफ गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।