काठमाडौं– जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज पोखरामा महिला फुटबलको फाइनल खेल हुँदैछ । स्वर्णका लागि हुने यो खेलमा नेपाल र भारत प्रतिस्पर्धी रहेका छन् ।
सागमा स्वर्ण पदकका लागि नेपालले भारतलाई जित्नु पर्नेछ । तर, नेपाल र भारत फाइनलमा भिड्न लागेको यो पहिलो पटक होइन । सागमा महिला फुटबलमा यसअघि पनि भारत र नेपाल एकअर्काका प्रतिद्वन्द्वी रहेका थिए । तर, नेपाललाई स्वर्ण उचाल्नबाट सधैं भारत बाधक बनिरहेको छ ।
सन् २०१० देखि सागमा महिला फुटबललाई पनि समावेश गरियो । त्यसयता दुई पटक फाइनलमा पुगे पनि नेपाल च्याम्पियन बन्नबाट चुक्यो । सन् २०१० मा होस् या सन् २०१६ मा भारतीय टिमले नै नेपाललाई फाइनल पराजित गरेको थियो । त्यस्तै, सन् २०१२ र सन् २०१४ मा पनि भारतसँग नै नेपाली टोली फाइनलमा पराजित भएको थियो ।
यही सागमा पनि यसअघि भएको खेलमा भारतसँग नेपाली महिला फुटबल टोली ३–१ ले यसअघि पराजित भएको थियो ।
त्यसैले यसपटक नेपाली टोलीसँग लामो समयदेखिको प्रतिद्वन्द्वी भारतलाई पराजित गर्ने अवसर छ । यो अवसरलाई सदुपयोग गर्न सकेको खण्डमा नेपाली टोलीले यसपटक इतिहास बनाउने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।