गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको गाडीमा आगजनी भएको छ । 

उनकै निवासमा पार्किङ गरेर राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गए राति अज्ञात समूहले आगो लगाएको हो । आगलागीबाट गाडी पूर्ण रुपमा जलेको छ ।

गाडीमा आगो लगाइएको थाहा पाएपछि निरौलाले प्रहरीलाई सम्पर्क गरेका थिए । हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार ११:३७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया