विवादित नागरिकता विधेयक आज भारतीय लोकसभामा पेश हुँदै

एजेन्सी– भारतका गृहमन्त्री अमित शाहले आज लोकसभामा नागरिकता (संशोधन) विधेयक पेश गर्दै छन् । यो विधेयक पारित भएमा पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानबाट धार्मिक उत्पीडनमा परेका गैर मुस्लिम शरणार्थीले भारतीय नागरिकता पाउने छन् । 

लोकसभामा आज दिउँसो अमित शाहले यो विधेयक पेश गर्न लागेका हुन् । त्यसपछि ६ दशक पुरानो नागरिकता कानुनमा संशोधन हुनेछ ।

यो विधेयकका कारण भारतका पूर्वोत्तर राज्यमा व्यापक प्रदर्शन भइरहेको छ । विभिन्न संघसंस्था तथा विभिन्न राज्यमा यसको चर्को विरोध भएको छ । विरोध गर्नेहरुले असम सम्झौता १९८५ लाई यो विधेयकले प्रभावहीन बनाउने तर्क गरेका छन् ।

नागरिकता संशोधन विधेयक २०१९ अनुसार पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा धार्मिक उत्पीडनका कारण ३१ डिसेम्बर २०१४ सम्म भारत आएका हिन्दु, सिख, बौद्ध, जैन, पारसी तथा इसाइ समुदायका मानिसहरुलाई शरणार्थी नमान्ने र भारतीय नागरिकता दिने प्रस्ताव गरिएको छ । 

यो विधेयकलाई समर्थन गर्न र यसको पक्षमा मत दिन भारतीय जनता पार्टीले आफ्ना लोकसभा सदस्यहरुलाई ह्विप जारी गरेको छ । 

यो विधेयक भारतीय लोकसभामा सहजै पारित हुनेछ । किनकि भारतीय लोकसभामा रहेका ५४५ सदस्यीय सदनमा भाजपाका ३०३ सांसद छन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार ११:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया