क्रिकेटमा नेपाललाई कास्य

काठमाडौं– जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पुरुष क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ । 

सोमबार कीर्तिपुरको टियु मैदानमा भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कास्य पदक जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन मात्र बनाएको थियो । 

माल्दिभ्सका लागि सर्वाधिक रन १९ लिम साफिगले जोडेका थिए ।

नेपालका लागि ललित राजवंशीले ३, सुशन भारीले २ तथा पारस खड्काले एक एक विकेट हात पारे । 

९५ रनको झिनो लक्ष्य नेपालले १६.१ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३२ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्लले २२, रोहित कुमार पौडेलले १५, विनोद भण्डारीले १२, पवन सर्राफले १०, पारस खड्काले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ रन जोडे । माल्दिभ्सका लागि उमर अदाले २ तथा लिम साफिगले १ विकेट हात पारे । 





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १२:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया