न्युजिल्यान्डमा ज्वालामुखी विस्फोेट, एकको मृत्यु, ‘मृतकको संख्या बढ्न सक्ने’

एजेन्सी– न्युजिल्यान्डमा एक ज्वालामुखी विस्फोट भएको छ । यो विस्फोट व्हाइट आइल्यान्डमा भएको हो । यो टापुमा जतिबेला ज्वालामुखी विस्फोट भएको थियो, त्यति बेला त्यहाँ कयौँ पर्यटकहरु रहेका थिए । 

तर, त्यहाँ कतिजना रहेका थिए भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । न्युजिल्यान्डका अधिकारीहरुले त्यहाँ एक सयभन्दा धेरै मानिस भएको हुनसक्ने अनुमान गरेका छन् ।

न्युजिल्यान्डकी प्रधानमन्त्री अर्डेनले पनि त्यहाँ कतिजना फसेका छन् भन्नेबारे खुल्न नसकेको बताएकी छिन् । 

स्थानीय मेयरका अनुसार घटनामा दर्जनौँको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यो टापुमा न्युजिल्यान्डको सबैभन्दा सक्रिय ज्वालामुखी रहेको विश्वास गरिन्छ ।

अहिलेसम्म यो टापुबाट २३ जनाको उद्धार भएको छ । घाइतेहरु अधिकांशको शरीर पोलिएको त्यहाँको अस्पतालले जनाएको छ । त्यहाँ थप उद्धार कार्य जारी छ ।

विस्फाेट भएकाे ठाउँमा देखिएकाे हेलिकाेप्टर ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १२:४८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया