तेह्रौँ दक्षिण एसियाली खेलकुद : नेपाल पदक तालिकामा दोस्रो स्थानमा

काठमाडाै‌– तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । 

आइतबारका खेल सकिँदासम्म भारतले १ सय ३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कुल २ सय ४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कुल १ सय ६४ पदक जितेको छ । 

यस्तै, श्रीलंका ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बंगलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भुटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 

नेपालले आइतबार पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै, जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् । 

साग पदक तालिका:

देश    स्वर्ण    कास्य    रजत    जम्मा
भारत    १३१    ७७    ४०    २४८
नेपाल    ४५    ४४    ७५    १६४
श्रीलङ्का    ३४    ६६    ९३    १९३
पाकिस्तान    २८    ३४    ४३    १०५
बंगलादेश    ८    २८    ६६    १०२
माल्दिभ्स    १    ०    २    ३
भुटान    ०    ०    ९    ९





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १४:१९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया