साग महिला फुटबलमा फेरि भारतसँग नेपाल पराजित

पाेखरा— दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले यसपटक पनि भारतसँग पराजित हुन परेको छ । योसँगै नेपाली महिला टोलीले स्वर्ण जित्ने सपना यसपटक पनि पूरा हुन पाएन । 

भारतसँग लगातार नेपाल सागको फाइनलमा पराजित भएको यो तेस्रो पटक हो । यसअघि दुई पटक पनि नेपालले भारतसँग सागको फाइनलमा नै पराजित भएको थियो । 

सागमा सन् २०१० देखि महिला फुटबललाई पनि समावेश गरिएको थियो । 

पोखरामा आज भएको खेलमा भारतले नेपाललाई २–० ले पराजित गरेको हो । भारतले खेलको १८ औं मिनेटदेखि नै एक गोलले नेपाललाई लिड गर्यो । यो गोल भारतकी बालादेवीले गरेकी थिइन् । बालादेवीले नै खेलको ५५ औं मिनेटमा पनि गोल गरिन् । 

भारतले लिएको यो अग्रतालाई नेपाली खेलाडीले परास्त गर्न सकेनन् । अन्ततः फेरि एकपटक भारतसँग नेपाल पराजित भएको छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १५:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया