नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

काठमाडौं– धितोपत्र बजारमा साेमबार सेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत २.६५ विन्दुले सुधार भई २५३.१७ मा पुगेको छ । 

नेप्सको उकालो यात्रासँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कुल १ सय ७३ कम्पनीको १४ लाख ५९ हजार ७ सय कित्ता सेयर ४६ करोड ४२ लाख २० हजार ३ सय ९२ मूल्यमा खरिद–बिक्री भयो । 

नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये दुई उपसमूहको मात्रै सेयर ओरालो लागेको छ भने १० उपसमूहको सेयर बढेको छ । अन्य ०.७४ विन्दुले घटेको छ भने सामूहिक लगानी कोष तटस्थ देखिएको छ । बैंकिङ ७.९१, व्यापार १६.६३, होटल १३.०६, विकास बैंक २८.१५, जलविद्युत् १६.८, वित्त ७, निर्जीवन बिमा १५६.३४, उत्पादन २९.७३, लघुवित्त ५०.४३ र जीवन बिमा ६०.९८ विन्दुले बढेको छ । 

कारोबारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड २८ लाख ७० हजार ८९४ मूल्य बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । एनएमबी बैंक रु एक करोड ८६ लाख ५७ हजार ७ सय, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड ७० लाख ४६ हजार ८ सय ९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था एक करोड ६६ लाख ८९ हजार ३ सय २, हिमालयन डिस्टिलरी एक करोड २२ लाख ३७ हजार १ सय ३५ र प्रभु बैंक एक करोड १७ लाख ५४ हजार ९ सय २७ को कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले कमाए । नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.९५, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.८०, मिथिला लघुवित्त वित्तीय संस्था ९.५२, आँधीखोला लघुवित्त वित्तीय संस्था ८.७१ र एनएलजी इन्स्योरेन्स कम्पनीका सेयरधनीले ८.६५ प्रतिशतले कमाए । त्यस्तै, नबिल इक्विटी फन्ड ५.७४, सिभिल बैंक २.१२, एनआइसी एसिया ब्यालेन्स फन्ड १.९१, ग्लोबल आइएमई समुन्नत स्किम एक १.९१, सिद्धार्थ इक्विटी फन्ड १.८९ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले १.७३ प्रतिशतले गुमाएका छन् । 





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १७:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया