काठमाडौं– पौडी खेलाडी गौरिका सिंहले जारी दक्षिण एशियाली खेलकुद (साग)मा नयाँ इतिहास बनाएकी छिन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी हुन् ।
आज भएको १०० मिटर फ्रिस्टाइलमा उनले स्वर्ण जितेकी हुन् । योसँगै उनले यो सागमा चार स्वर्ण पदक जितेकी छिन् ।
सोमबार भएको खेलमा उनले १०० मिटर ५८.१३ सेकेन्डमा पूरा गरेकी थिइन् ।
यो सागमा उनले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छिन् । योसँगै सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने नेपाली खेलाडीको सूचीमा उनी पनि परेकी छिन् । यसअघि तेक्वान्दोका दीपक विष्टले सागमा चार स्वर्ण जितेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।