१३ औं साग
नेपाल पहिलोपटक बास्केटबलको फाइनलमा

काठमाडौं– काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुदमा महिला बास्केटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । महिला बास्केटबलमा नेपाल फाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो । 

आज भएको सेमिफाइनल खेलमा माल्दिभ्सलाई ६८–५५ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो क्वाटर १९–१३, दोस्रो क्वाटर १६–१४ र तेस्रो क्वाटर २०–११ को स्कोरमा जितेको हो । 

अब नेपालले स्वर्णपदकका लागि भोलि भारतसँग फाइनल खेल्दैछ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १८:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया