जोसेफलाई ३३ वटा जन्मकैद

एजेन्सी– बारम्बार बलात्कारको आरोप लागेका जोसेफ म्याकक्यानलाई ३३ वटा जन्मकैदको फैसला सुनाइएको छ । यी सबै जन्मकैद कम्तिमा पनि ३० वर्षका हुनु पर्ने भनिएको छ । यसको अर्थ उनलाई ९९० वर्षको जेल सजाय सुनाइएको छ । 

३४ वर्षे जोसेफलाई गत शुक्रबार ११ महिला र बालबालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा दोषी पाइएको थियो । यसअघि उनी एकपटक पक्राउ परेर पनि छुटेका थिए । 

उनले ८ जनामाथि बलात्कार गरेको आरोप लागेको छ । ११ वर्षीयादेखि ७१ वर्षकी महिलासम्मलाई जोसेफले बलात्कार गरेको आरोप लागेको थियो । यी महिला कोही लन्डनका हुन् भने कोही सेसायरका । 





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १८:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया