बैठकमै वडा सदस्यको मृत्यु

बैठकमा सहभागी व्यास नगरपालिका–१० का वडा सदस्य हेमराज पोख्रेलको हृदयघातका कारण सोमबार मृत्यु भएको छ । वडा कार्यालयको बैठक भइरहेको बेला ५३ वर्षीय पोख्रेल बेहोस भइ लडेका थिए । 

तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले अस्पताल पुर्याएपछि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको बताए । 

गाउँका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमको विषयमा वडा कार्यालयमा बैठक बसेको थियो । बैठकलगत्तै पोख्रेललाई एक्कासी हृदयघात भएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार २०:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया