३८ यात्रु सवार चिलीको सैन्य विमान वेपत्ता

एजेन्सी– चिलीको एक सैन्य विमान वेपत्ता भएको छ । ३८ यात्रुसहित अन्टार्टिकाका लागि उडान भरेको सी १३० हर्कुलस विमान स्थानीय समयअनुसार साँझ ६ बजेबाट हराएको हो । यो विमानले साँझ ५ बजे उडान भरेको थियो । 

विमानमा १७ चालक दलका सदस्य र २१ यात्रु रहेको चिलीको विमान कम्पनीले जनाएको छ । चिलीका अधिकारीहरुले विमानको खोजी कार्य सुरु भइसकेको जनाएको छ । 

समाचार एजेन्सी इएफइले विमानका रहेका तीन जना सर्वसाधरण भएको जनाएको छ । 

विमान हराउनुअघि कुनै पनि नराम्रो संकेत प्राप्त नभएको त्यहाँका अधिकारीले जनाएका छन् । 

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले ट्विट गर्दै आफू चिन्तित भएको र यसबारे स्यान्टियागोबाट आफूले फलो गरिरहेको बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १०:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया