हत्या आशंकामा मृतकका श्रीमती र छोरा पक्राउ

सुर्खेत– प्रहरीले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटाबाट हत्या आशंकामा आमा–छोरालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मंगललबार साँझ पक्राउ गरिएको हो ।
 
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए । 

'घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ,' उनले भने, 'अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदै छ ।'
 





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार ११:२८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया