भरतपुर विमानस्थल बुधबारदेखि सञ्चालनमा

चितवन– भरतपुर विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो ।

धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ ।

गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच–पाँचवटा जहाजले काठमाडौं र एक–एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।
 





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार १३:१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया