गृहमन्त्री–बेलायत राजदूत शिष्टाचार भेट

काठमाडौं– गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोल्लिटले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छिन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग, आपसी हित र  सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
    
सो अवसरमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूत नियुक्त भएकामा राजदूत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले बेलायतमा बसोवास गरिरहेका नेपाली र ब्रिटिस गोरखाका केही समस्या रहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गरे ।
    
गृहमन्त्री थापाले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले गृहमन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन, नेपालका सुरक्षाकर्मीका लागि दिँदै आएको तालिम तथा भौतिक संरचना निर्माण लगातमा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै अगामी दिनमा समेत ती क्षेत्रमा थप सहयोगको अपेक्षा मन्त्रालयले गरेको बताए ।

राजदूत निकोलाले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै इतिहासदेखि नै नेपालले बेलायतलाई गर्दै आएको सहयोगप्रति आफूहरु कृतज्ञ रहेको बताइन् । बेलायतमा बस्ने नेपालीको समस्या तथा ब्रिटिस गोरखाका समस्याबारे आफूहरु गम्भीर रहेको बताउँदै उनले अहिले धेरै समस्या समाधान भइसकेको बताइन् । भेटवार्तामा राजदूत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने तथा आगामी दिनमा थप सहयोग बिस्तार गरिने जानकारीसमेत दिए ।





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार १५:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया