दाजुलाई लिन आएको स्कुल बसले किच्दा एक वर्षीय बालकको मृत्यु

विराटनगर– स्कुल बसले किचेर मोरङमा एक वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका– ५ की शिवकुमारी साहका एक वर्षीय छोरा यशराज शाह छन् । 

शिवकुमारीले स्थानीय बोर्डिङ स्कुलको एलकेजीमा पढ्ने पाँच वर्षीय छोरा सोनुलाई बसमा चढाउने क्रममा भुइँमा राखेका अर्का छोरा यशराज घस्रिँदै बसमुनि पुगेका थिए । सोही बसले किच्दा नाबालकको घटनास्थलमै मृत्यु भएको हो ।

को१क ३०४६ नम्बरको बसका चालक बेलबारी नगरपालिका–६ का ४५ वर्षीय डम्बरबहादुर खड्कालाई नियन्त्रणमा प्रहरीले लिएको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार १६:३४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया