वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बन्न प्रधानमन्त्रीकाे प्रस्ताव
तर गाैतम भन्छन्– संविधान संशोधन गरे जान्छु, म प्रधानमन्त्री बन्न मात्र राष्ट्रिय सभामा जाने हो

काठमाडौं– बर्दियाबाट प्रचितनिधिसभा निर्वाचनमा पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई सांसद बनाउने चर्चा भइरहँदा उनले आफू प्रधानमन्त्री बन्ने स्थितिमा मात्र राष्ट्रिय सभामा जाने बताएका छन् ।

यसअघि गौतमलाई स्वर्गीय रवीन्द्र अधिकारीको क्षेत्रमा उम्मेदवार बनाएर प्रतिनिधि सभाको सांसद बनाउने चर्चा चलेको थियो । तर, उनले सो क्षेत्रमा आफू उम्मेदवार नबन्ने भन्दै रवीन्द्रपत्नी विद्या भट्टराईको नाम प्रस्ताव गरेका थिए । अन्ततः उनको प्रस्तावअनुसारै सहमति भएर रवीन्द्रपत्नी विद्या सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य चयन भइसकेकी छिन् । 

नेकपामा अब उनलाई राष्ट्रिय सभाको सदस्य बनाउने चर्चा चल्न थालेको छ । नेता गौतमले एक अन्तर्वार्तामा आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेको खुलासा गरेका छन् । तर, स्वयं त्यसका निम्ति आफ्ना सर्तहरू रहेको नेता उनले बताएका छन् । 

उनले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने बाटो खुलाए मात्रै आफू राष्ट्रिय सभामा जाने बताएका छन् । त्यसका निम्ति संविधान संशोधन गर्नुपर्ने हुन्छ ।

उनले भनेका छन्, ‘प्रतिनिधिसभा वा राष्ट्रिय सभा जहाँ गए पनि म प्रधानमन्त्री बन्न मात्र जाने हो । त्यसैले संशोधन गरे मात्र राष्ट्रिय सभामा जान्छु ।’

उनलाई उपाध्यक्ष बनाउनकै लागि नेकपा सचिवालयको बैठकले विधान संशोधन गर्ने निर्णय गरेको छ । तर, सचिवालयको त्यो निर्णय स्थायी समितिको बैठकले अनुमोदन गर्नुपर्नेछ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार १८:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया