पाकिस्तानको अस्पतालमा वकिलको समूहले तोडफोड गर्दा बिरामीको मृत्यु

लाहोर- पाकिस्तानको लाहोरमा वकिलको एक समूहले अस्पतालमा तोडफोड गर्दा केही बिरामीको समेत मृत्यु भएको बिबिसीले जनाएको छ । वकिलको समूहले सवारी साधनमा समेत आगजनी गरेको छ ।

लाहोरको पन्जाब इन्स्टिट्युट अफ कार्डियोलोजीका एक डाक्टरले एक वकिललाई आक्रमण गरेको भन्दै त्यसको बदलामा वकिलको समूहले अस्पतालमा तोडफोड गरेको हो।

पन्जाबका स्वास्थ्यमन्त्री रासिदले हमलामा तीनजनाको मृत्यु भएको बताएका छन्। हमलामा संलग्न ४० वकिललाई पक्राउ परेका छन् । 

 





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १२:१३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया