नेकपापछि नेताको बोलीमा लगाम लगाउँदै समाजवादी पार्टी

काठमाडौं– समाजवादी पार्टीले पार्टी हितविपरीत जथाभावी बोल्ने आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । बिहीबार बस्ने केन्द्रीय पदाधिकारीको बैठकले यसबारे निर्णय लिने सो पार्टीका एक नेताले बताए । यसअघि नेकपाले पनि यस्ताे निर्णय गरेकाे थियाे ।

बैठकमा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच गम्भीर छलफल हुने र पार्टी एकतामा आँच पुग्ने हिसाबले गलत सन्देश जाने गरी पार्टीको जिम्मेवार पदमा बसेर भित्र वा बाहिर कोही बोल्नेलाई अनुशासनको कारबाही गर्ने विषयमा निर्णय गर्ने उनले बताए । 

विगत केही दिनयता कतिपय नेताले पार्टी एकतामा असर पुग्ने गरी बोलेको भन्दै समाजवादीले यस्तो निर्णय गर्न लागेको हो । यसअघि कतिपय नेतालाई अध्यक्ष यादवले फोन गरेर सचेत पनि गराइसकेका छन् ।

दिउँसो दुई बजे बालकुमारीमा बस्ने पार्टी केन्द्रीय कार्यालय पदाधिकारीको बैठकमा संगठन विस्तार, कार्यविभाजन र आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएके छ ।





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १४:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया