पूर्वराष्ट्रपतिकाे गुनासाे : राज्यका हरेक अंगमा राजनीतीकरण भयाे

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले राज्यका न्यायालय, सेना, प्रशासन, विश्वविद्यालयसहितका हरेक क्षेत्रमा राजनीतिकरण भएको गुनासो गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री रामशरण महतद्वारा लिखित पुस्तक ‘ट्रायल्स, ट्रेमोर्स एण्ड होप’ पुस्तकको बुधबार राजधानीमा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति यादवले राष्ट्रका सबै अंगमा राजनीतिकरण भएको आरोप लगाएका छन् । 

सबै अगंमा राजनीतिकरण गरेर मुलुकको शासन व्यवस्था ध्वस्त हुने उल्लेख गर्दै उनले भने, ‘न्यायपालिका, संवैधानिक अंग, पुलिस प्रशासनलगायतका राज्यका प्रमुख अंगलाई राजनीतिकरणबाट जोगाउनुपर्छ ।’ उनले भौतिक पूर्वाधारको विकास गर्दा भूगोल, वातावरण, संस्कृतिलाई पनि जोगाउने गरी काम गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहका जनप्रतिनिधि र आफन्तले एक्साभेटर किनेर आतंक मच्चाइरहेको बताउँदै उनले चुरे दोहन र विमानस्थल बनाउने नाममा रूख काटेर तराईलाई मरुभूमि बनाउन लागिएको बताए । 

पुस्तकबारे पूर्वमन्त्रीहरु भेषबहादुर थापा, मीनेन्द्र रिजाल, सुरेन्द्र पाण्डे तथा स्वणिम वाग्ले, कनक दीक्षितलगायतले टिप्पणी गरेका थिए । पुस्तकमा नेपालको अर्थ राजनीति र समकालीन परिवेशलगायतका सन्दर्भ समेटिएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १५:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया