काठमाडौं– अब खाना पकाउने ग्यासको मूल्य बढ्न सक्ने देखिएको छ । सरकारले खाना पकाउने एलपी ग्यासमा उपभोक्तालाई अनुदान दिँदै आएको छ ।
यसरी सरकारले दिँदै आएको अनुदान हटाउन अध्ययन समितिले सुझाब दिएको छ । सरकारले गठन गरेको आठ सदस्यीय कार्यदलले उक्त सुझाब दिएको हो ।
पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा गठित कार्यदलको प्रतिवेदनमा ‘‘नेपाल आयल निगमले खरिद मूल्यमा न्यूनतम नाफा जोडी हवाई इन्धनको स्वचालित मूल्य निर्धारण गर्नुपर्ने र त्यसो गर्दा हाल एलपी ग्यासमा दिने गरेको क्रस सब्सिडी (अनुदान) क्रमशः हटाई अटोमेटिक फर्मुलाबाट पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न’ सुझाब दिइएको छ ।
अहिले एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १३ सय ३० रुपैयाँ छ । उक्त मूल्यमा ग्यास बिक्री गर्दा प्रतिसिलिण्डर १ सय ८९ रुपैयाँ घाटा रहेको निगमको दाबी छ । सो घाटा सरकारले बेहोर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।