नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

काठमाडौं– साताको अन्तिम दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ११.१७ अंकले बढेर एक हजार १७२.६४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४१ अंकले बढेर २५५.६० पुगेको छ । 

परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज कुल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता सेयर ७६ करोड ४० लाख २५ लाख २ सय १३ मा खरिद–बिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको सेयर ओरालो लागेको छ । व्यापार १९, होटल ३.७, उत्पादन ४४.९८, अन्य १.९४, माइक्रोफाइनान्स उपसमूहको सेयर ८.२२ अंकले घटेको छ । यस्तै बैंकिङ २.८२, विकास बैंक २.७२, हाइड्रोपावर २८.९७, फाइनान्स १.४, निर्जीवन बिमा ३३२.०४, जीवन बिमा २७८.६९ र सामूहिक लगानी कोषको सेयर ०.०९ अंकले बढ्यो । 

कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको सेयर आठ करोड २८ लाख ५२ हजार ३१ मा खरिद–बिक्री भयो । यस्तै, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको चार करोड १० लाख ७० हजार ६२०, एनएमबी बैंकको तीन करोड ७६ लाख ५९ हजार ५४४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन करोड ६६ लाख ५३ हजार ५ सय ४४, नेपाल बैंक लिमिटेडको दुई करोड एक लाख ८९ हजार ३८ र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर एक करोड ८६ लाख ३८ हजार २१६ मा खरिद–बिक्री भयो । 

सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.७७ प्रतिशतले गुमाए । यस्तै साल्ट्र ट्रेडिङ कम्पनी ४.६०, युनिलिभर नेपाल लिमिटेड ३.९३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.६७, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले समान ३.४४ तथा आँधीखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.२७ प्रतिशतले गुमाए । 

स्टकका अनुसार आज सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाए । यस्तै सूर्या लाइफ इन्स्योरेन्स ९.९६, हिमालयन जनरल इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ९.९२, हिमालयन उर्जा विकास कम्पनी र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले समान ९.८० तथा नेपाल इन्स्योरेन्स कम्पनीका सेयरधनीले ९.७९ प्रतितले कमाए ।





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १८:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया