फेरि स्थगित भयो नेकपा सचिवालय बैठक

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक दोस्रो दिन पनि स्थगित भएको छ । 

यसअघि शुक्रबारका लागि तय गरिएको बैठक स्थगित भएर शनिबारका सारिएकोमा दास्रो दिन पनि स्थगित भएको हो । शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएपछि आइतबार बिहान ९ बजेका लागि तय गरिएको छ । 

यसअघि बसेको सचिवालय बैठकले २७ गतेका लागि सचिवालय र २९ गतेका लागि स्थायी समिति बैठक तय गरेको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण लगातार दुई दिन बैठक स्थगित भएको हो । 

उनी स्थायी समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेख्न व्यस्त रहेको नेकपा स्रोतले बताएको छ । स्थायी समिति बैठक पनि आइतबारै दिउँसो १ बजेका लागि बोलाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार १६:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया