१६ वर्षे युवाले दिए सलमानको घरमा बम विस्फोट गराउने धम्की

एजेन्सी– भारतको गजियावादका एक १६ वर्षका युवाले मुम्बई प्रहरीलाई इमेल पठाएर सलमान खानको घरमा बम विस्फोट गराउने धम्की दिएका छन् । भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा छापिएको समाचार अनुसार उनले यो इमेल ४ डिसेम्बरमा पठाएका थिए । 

इमेलमा ती युवाले सलमानको घरमा दुई घन्टामा आफूले बम विस्फोट गराउने जानकारी दिँदै त्यसलाई रोक्न मन लागे प्रहरीले रोक्नु पर्ने उल्लेख गरेका थिए । 

भारतीय मिडियाका अनुसार प्रहरीले अहिले यो विषयमा छानबिन सुरु गरिसकेको छ । प्रहरीले ती युवाको घर पत्ता लगाएर उनको घरमा पुग्दा चाहिँ ती युवा फरार रहेको भेटिएको छ । ती युवालाई उनका दाइले घरमा बोलाए । पछि उनले प्रहरीसँग माफी मागे । 





  • प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार २१:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया