सप्तरीमा माछा मार्ने जालमा शिशुकाे शव परेपछि...

सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियास्थित पोखरीमा शनिबार नवजात शिशुको शव भेटिएको छ । तिलेश्वर साहको पोखरीमा माछा मार्न थापेको जालमा शिशु (बालिका)को शव परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको भन्ने बारे अनुसन्धान भइरहेको प्रसाइले बताए ।





  • प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार २२:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया