लाेकसेवा परीक्षाबाट २२ नक्कली विद्यार्थी पक्राउ

सुर्खेत–  लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार भएकाे परीक्षामा विभिन्न केन्द्रबाट सहभागी भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिए । श्रीकृष्ण संस्कृत तथा साधारण मावि केन्द्रबाट १८, इगरब्रिज माविबाट दुई र सुर्खेत क्याम्पस (शिक्षा)बाट दुई गरी २२ नक्कली परीक्षार्थी पक्राउ गरिएको उनले बताए ।

“केहीले आफन्तलाई सहयोग र केहीले पैसा लिएर परीक्षामा सहभागी भएको पाइएको छ, यस सम्बन्धमा विस्तृत अनुसन्धान गर्दैछौँ,” प्रहरी उपरीक्षक पन्तले भने । जवान पदको लिखित परीक्षामा तीन हजार ३ सय परीक्षार्थी सहभागी थिए ।





  • प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार २२:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया