निधि–कोइराला छलफल, मुख्य विषयमा सहमति गरेर अघि बढ्ने

काठमाडौं– पार्टीभित्रको आन्तरिक विवाद मत्थर पार्ने उद्देश्यले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाबीच छलफल भएको छ । आइतबार पार्टीको केन्द्रीय बैठक बस्नुअघि उनीहरूले छलफल गरेका हुन् ।

आइतबार महाराजगञ्जमा भएको छलफलमा निधि र कोइरालाबीच मुख्य विषयहरूमा पार्टीभित्र सहमति गरेर जाने सहमति भएको छ । रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले गत बिहीबारको बैठक बहिष्कार गरेपछि असन्तुष्ट पक्षसँग वार्ता गर्नका लागि सभापति शेरबहादुर देउवाले उपसभापति निधिलाई जिम्मा दिएका थिए । 

सोही जिम्मेवारीअनुसार निधिले छलफललाई तीव्र बनाएका हुन् । असन्तुष्ट पक्षले १४औँ महाधिवेशनको कार्यतालिका तत्काल प्रकाशित गर्नुपर्ने अडान लिँदै बैठक बहिष्कार गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर २९, २०७६ आइतबार १६:३४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया