एजेन्सी– बलिउड स्टार सलमान खानले महेन्द्र सिंह धोनीलाई आफ्नो सबैभन्दा मन पर्ने क्रिकेटर बताएका छन् । उक अन्तर्वार्तामा उनले भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीलाई ‘दबंग’ खेलाडी बताएका हुन् ।
उनले केदार जाधवको पनि खुलेर प्रशंसा गरेका छन् । ‘म जाधवलाई अत्यन्त नजिकबाट चिन्छु तर धोनी दबंग खेलाडी हुन्,’ सलमानले भनेका छन्, ‘उनी सही अर्थमा नै दबंग छन् ।’
सलमान अहिले फिल्म दबंग ३ को प्रमोसनमा व्यस्त छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।