च्याम्पियन्स लिगको ड्र सार्वजनिक

एजेन्सी– विश्वको बहुचर्चित फुटबल लिग च्याम्पियन्स लिगको राउन्ड अफ १६ को ड्र सोमबार सार्वजनिक भएको छ ।

राउन्ड अफ १६को ड्रअनुसार डर्टमण्डले पेरिस सेन्ट जर्मनको सामना गर्दा रियल मड्रिडले म्यान्चेस्टर सिटीको सामना गर्नेछ ।

त्यस्तै, एटलान्टा तथा भ्यालेन्सिया एक–अर्कासँग आमनेसामने हुनेछन् भने एथ्लेटिको मड्रिडको भेट साविक विजेता लिभरपुलसँग हुनेछ ।

गत वर्षको उपविजेता टोटनह्यामले लिफिङको सामना गर्दा चेल्सी तथा ब्रायन म्युनिख पनि एक–अर्कासँग भिड्नेछन् ।  

युभेन्टसले लायोनलाई आफ्नो प्रतिस्पर्धीको पाएको छ भने बार्सिलोनाले नापोलीको सामना गर्नेछ । राउन्ड अफ १६को खेल आगामी फेब्रुअरीदेखि सुरु हुनेछ । 
 





  • प्रकाशित मिति : मंसिर ३०, २०७६ साेमबार १८:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया