बिजेपी पूर्वसांसदमाथिको बलात्कार आरोप पुष्टि

नयाँदिल्ली– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी)का पूर्वसांसदमाथि लागेको बलात्कारको आरोप पुष्टि भएको छ । बलात्कार आरोपको मुद्दा खेपिरहेका ५१ वर्षीय कुलदीप सेनगारलाई अदालतले दोषी ठहर गरेको हो ।  

दुई वर्षअघि एक १७ वर्षीया किशोरीलाई उनले हप्तौँसम्म केही साथीसँग मिलेर बलात्कार गरेको पाइएको हो । पीडित किशोरीले आफूमाथिको बलात्कार मुद्दा अनुसन्धानमा प्रहरीले बेवास्ता गरेको भन्दै आफैँलाई जलाउने प्रयास गरेकी थिइन् । 

सन् २०१९ को जुलाईमा उनको कार दुर्घटना गराइएको थियो । उक्त दुर्घटनामा ती किशोरी गम्भीर घाइते भइन् । उनीसँगै यात्रा गरिरहेकी उनकी काकीको निधन भयो भने उनको वकिल पनि गम्भीर घाइते भएका थिए । 

सेनगरले आफूलाई जागिर लगाइदिने प्रलोभन देखाएर अपहरण गरी हप्तौँ बन्धक बनाएर साथीहरुसँग मिलेर बलात्कार गरेको आरोप किशोरीले लगाएकी थिइन् ।

अदालतले सेनगारलाई आजीवन कारावासको सजाय तोक्ने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर ३०, २०७६ साेमबार १८:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया