बिग बोसको समय थपियो पाँच साता, बढ्यो सलमानको पारिश्रमिक

एजेन्सी– सलमान खानले बिग बोस १३ मा कति पारिश्रमिक लिएका हुन् भन्ने विषयमा यो सो सुरु भए देखि नै चर्चा हुँदै आएको छ । अब यही सोको समय बढेको मात्र होइन, सलमानको पारिश्रमिक पनि बढेको बताउन थालिएको छ ।

यसअघि तय भएअनुसार बिग बोस डिसेम्बरमा होइन, फ्रेबुअरीमा सकिँदै छ । योसँगै सलमानको पारिश्रमिक पनि बढेको छ । 

सुत्रहरुको हवाला दिँदै भारतीय मिडियाले यो सोका लागि पहिले सलमानलाई ४०३ करोड दिएको बताएका थिए । अब सोको समय बढेपछि उनको पनि पारिश्रमिक बढेको छ । यो कमितमा पनि ३१ करोड भएको भारतीय मिडियाले लेखेका छन् । 

अनि केही दिनयता सलमानले यो सो छोड्ने कुरा आएको थियो । तर, अब उनले सो नछोड्ने भएको पनि भारतीय मिडियामा समाचार छ ।





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १७:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया