नागरिकता संशोधन कानुनको विरोधमा दिल्लीको सिलमपुरमा हंगामा

एजेन्सी– दिल्लीको सिलमपुरमा नयाँ नागरिकता संशोधन कानुनको विरोधमा चर्को प्रदर्शन भएको छ । त्यहाँको प्रदर्शन हिंसात्मक बन्न थालेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संयम रहन अपिल गरेका छन् । उनले भनेका छन्, ‘सबै दिल्लीवासीसँग मेरो अपिल छ कि शान्तिमा रहौँ, सभ्य समाजले कुनै पनि हिंसा सहन सक्दैन । हिंसाबाट केही हासिल पनि हुँदैन ।’

प्रहरीले त्यहाँको अवस्था नियन्त्रणमा भए पनि त्यहाँ निकै तनाव भएको बताएका छन् । त्यहाँका कयौँ मेट्रो स्टेसन बन्द गरिएका छन् । प्रहरीले त्यो क्षेत्रका बासिन्दालाई घर भित्रै रहन अनुरोध गरेको छ । 

दिल्लीका प्रहरी अधिकारी सिपी आलोकले सीलमपुरमा शान्तिपूर्ण विरोध प्रदर्शन भएको र त्यसमा प्रहरीले कुनै हस्तक्षेप नगरेको बताएका छन् । तर, प्रहरीमाथि ढुङ्गा प्रहार भएको र केही प्रहरी घाइते भएको उनले बताएका छन् । 

मिडिया रिपोर्टहरुका अनुसार त्यहाँ हजारौँ प्रदर्शनकारी सडकमा निस्किएका छन् । 

समाचार एजेन्सी रोयर्टसका अनुसार प्रदर्शनकारी र प्रहरीबीच त्यहाँ भएको झडपमा केही प्रहरी घाइते भएका छन् । उत्तर पूर्वी दिल्लीमा निकै तनाव बढेको भारतीय सन्चारमाध्यमहरुले लेखेका छन् । 

दिल्लीमा विरोध प्रदर्शनका बीच विपक्षी पार्टीका नेताहरुले राष्ट्रपति रामनाथ कोविन्दलाई भेटेका छन् । यी नेताहरुलाई भारतीय कांग्रेसकी प्रमुख सोनिया गान्धीले नेतृत्व गरेकी थिइन् । 





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १७:५१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया